टोकियोमा कोरोना संक्रमण लगातार बढ्दै : शुक्रबार भेटिए १ सय २४ संक्रमित
जापानको राजधानी टोकियोमा केही दिनयता लगातार कोरोना संक्रमितको सख्या बढ्दै गएको छ । केही दिनयता एक सयभन्दा बढी संक्रमित भेटिदै गएका छन् । बिहिबार १ सय ७ जना नयाँ संक्रमित भेटिएको थियो भने शुक्रबार १ सय २४ जना भेटिएका छन् । विगत दुई महिनायता यो संख्या सबैभन्दा बढी हो ।
संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएपछि राजधानीमा संक्रमणको दोस्रो लहरको चिन्ता बढेको छ । गत मे महिनामा संकटकाल हटाइएयता केही दिनयता दैनिक रुपमा संक्रमितको संख्या बढिरहेका छन् ।
संकटकाल हटेपति व्यावसायिक गतिविधि सामान्य हुँदै गए पनि संक्रमित भने बढ्न थालेका छन् । बिहिबार जापानमा १९ हजारभन्दा बढी संक्रमित छन् भने यसबीचममा ९ सय ७० जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमितको संख्या बढ्दै गए पनि जापान मन्त्रिपरिषदका मुख्यसचिव योशिहिदे सुगाले गम्भीर बिरामीको सख्ंया कम हुँदै गएको छ र कोरोना संक्रमणको सम्पूर्ण तथ्यांकको विश्लेषणले तत्काल संकटकाल घोषणा गर्नुपर्ने आधार छैन ।
सरकारले संक्रमणमा आएको वृद्धि बार तथा रात्रिकालिन मनोरञ्जनका अन्य स्थलका कर्मचारी र त्यहाँ जाने ग्राहकका कारण भएको बताउँदै ती स्थानका कर्मचारी र त्यहाँ जाने सबैलाई परीक्षण गराउन आग्रह गर्दैआएको छ ।
प्रतिक्रिया राख्नुहोस्