एन आर एन न्युजजापान

राजेश खनालद्वारा एनआरएनए जापान युवा संयोजकमा उम्मेद्वारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको आसन्न अधिवेशनका लागि युवा संयोजकमा गुन्माका राजेश खनालले उम्मेद्वारी घोषणा गरेका छन् ।

वर्तमान कार्यसमितिका सदस्य रहेका खनाल जापानमा सामाजिक कार्यसंगै व्यवसायमा संलग्न छन् । जापानको गुन्मामा रहँदै आएका खनालले युवा पुस्ताका लागि विविध क्षेत्रमा सकृय रहेर काम गर्ने जनाएका छन् ।

प्रवासमा रहँदा एक नेपालीले अर्को नेपालीलाई हरहमेसा साथ दिने उद्देश्यले गठन भएको एनआरएनमा सक्षम नेतृत्व अहिलेको आवश्यकता भन्दै नयाँ कार्यकालमा अझ सकृय रहने प्रतिवद्धता गर्दै उम्मेद्वारी घोषणा गरेका छन ।

युवा संयोजक पदका उम्मेद्वार राजेश खनालले सार्वजानिक गरेको प्रतिवद्दता पत्र

आदरणिय आमा, बुवा, दाजु, भाई तथा दिदी बहिनीहरु ।

सर्बप्रथम यहाँहरुले मलाई अत्यन्त माया र विश्वास गरेर सन् २०१९-२०२१ को कार्यकालका लागी NRN जापान च्याप्टरको सदस्य पदमा भारीमतले बिजय गराउनु भएकोमा आभार सहित धेरैधेरै धन्यबाद ट्रक्राउदछु । मैले यस समितीमा बसेर गरेका कामका बारेमा यहाँहरु जानकार हुदैहुनुहुन्छ ।

आदरणिय दाजुभाई तथा दिदीबहिनी हरु यसभित्र अरु धेरै सुधार गर्नुपर्ने आवस्यकता छ। यसभित्र भएका कमजोरी र गलत प्रवृत्तिका बिरुद्द मैले निरन्तर रुपमा आवाज उठाउदै आएको छु।

मैले आफ्नो शरिर र समयले साथ दिएसम्म पदमा भए पनि नभए पनि आवाज उठाई नै रहनेछु तथापि समिति भित्र बसेर बोल्दा जति त्यसको सार्थकता हुन्छ त्यति बाहिर बाट बोल्दा हुदैन । यस कुरालाई मनन गर्नका साथै धेरै अभिभावकज्युहरुले म माथि भरोसा राखी उमेदवारी दिन आग्रह गर्नु भएको हुँदा मैले सन् २०२१-२०२३ का लागि ” युवा सँयोजक ” जापान पदमा उमेदवारी दिएको छु । मलाई बिश्वास छ यहाँहरुले यसपाली पनि माया गर्नुहुनेछ ।

आदरणिय अभिभावक शुभचिन्तक तथा मित्रहरु ।

म यँहा हरुलाई स्मरण गराउन चाहान्छु कि हामि नेपाल आमाको काख अनी तमाम नातागोता इस्टमित्र र आफन्तको साथ छोडेर प्रदेस आएका छौ । अर्काको मुलुकमा आप्रवासी जिवन बिताईरहँदा कति किसिमका कठिनाईहरु आई प्रर्दछन भन्ने कुरा यँहाहरुलाई थाहा नै छ । तिनै समस्याको समाधानका लागि एनआरएनए गठन भएको हो। यस दिशामा प्रस्तुत सँगठनले केहि काम गरेको छ तर अझ धेरै काम गर्न बाँकि छ। यसभित्र केहि खराबी मौलाउदै गएको पनि देखिएको छ।

गलत प्रवृति हरुलाई पराष्त गर्दै दु:ख आपत परेका बेला सहयोग मा जुटी अझ आहत ,भरोषा आत्मियताको संगठन र छबि निर्माण गर्नु पर्ने देखिन्छ । यसरी एक नेपालीले अर्को नेपालीप्रति घात गर्नु ज्यादै दु:ख लाग्दो कुरा हो। वर्तमान कार्यसमितिमा रहेर काम गर्दा मलाई यि कुरा बाहिर ल्याउन बाध्य भए ब्यक्ति गत रुपमा केही साथी हरु म संग असहमत हुनु भयो होला ,तर हामी जापानमा बस्ने नेपाली र स्वयम एनआरएनए सँस्थाको उज्जवल भविस्यका लागी समयमा नै सचेत नहुदा र जानकारी नगराउदा त्यसको दोष र फल हामी सबैले भोग्नुपर्ने भएका कारण थोरै सँकेत गरेको हुँ ।

म निःस्वार्थ भावले यस संस्था आबाद्ध भएको हुदाँ भएका गल्तीलाई औल्याउने हिम्मत राखेको हुँ,अन्त्यमा मेरो आफ्नै चाहना बिगतको अनुभव केहि गर्न सक्छु भन्ने आत्माविश्वास अग्रज तथा अनुजहरुको अनुरोधमा मैले ” युवा सँयोजक ” पदमा उमेदवारी दिएको जानकारी गराउदै र समस्याको समाधानका लागी तन, मन, र धनले लागी पर्नेछु भन्ने विश्वास दिलाउदै पुन : एकपटक विजय गराईदिनु हुन सागर अनुरोध गर्दछु।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.