जापान

पशुपति प्रसाद निर्देशकको फिल्म “चिसो मान्छे” टोकियोमा प्रदर्शन हुदै

दिपेन्द्र के. खनाल द्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र चिसो मान्छे जापानमा प्रदर्शन हुने भएको छ । ‘चिसो मान्छे’ यहि जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुनेभएको छ ।

नेपालको कर्णाली प्रदेशका जनजीवनलाई समेटने प्रयास गरेको “चिसो मान्छे”लाई जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको हो ।“ यो चलचित्र नेपाली जनजिवनलाई जस्ताको तस्तै देखाउने तथा कर्णाली क्षेत्रका नेपालीहरुको भोगाईलाई मौलिकरुपमा उतारिएकाले जापानमा हामीले प्रदर्शन गराउन लागेको कर्णाली समाज जापानले जनाएको छ । चिसो मान्छे जापानमा जुलाई १७ तारिख,टोकियोको नाकानो स्थित जेरो हलमा साँझ ६ बजे प्रदर्शन हुनेछ ।

चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ । चलचित्रको टिजरमा अभिनेत्री स्वस्तिमा कर्णालीको भेषभूषामा देखिएकी छिन् ।डिएस डिजिटलको ब्यानरमा शर्मिला पाण्डेले निर्माण गरेको चलचित्रमा स्वस्तिमा र अर्पणसँगै देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी, प्रभाकर न्यौपाने, रामबाबु रेग्मी, संयोग रसाइली, पुष्पा अवस्थी, सृष्टि आचार्य, विकास खनाललगायतको पनि अभिनय रहेको छ । चलचित्रको कथा, पटकथा, संवाद तथा छायांकन निर्देशक खनाल स्वयंको हो । चलचित्रलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् ।

“चिसो मान्छे” अहिले नेपालमा सफल प्रदर्शनको तेस्रो सातामा चलिरहेको छ । निर्देशक खनालका चपली हाइट, पशुपति प्रसाद, आमा लगायत चलचित्र निकै चर्चित चलचित्र हुन् । ‘चिसो मान्छे’ यहि जुलाई १७ तारिक नाकानो जिरो हलमा साँझ ६ बजे देखि प्रदर्शन हुने जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button