जल/वातावरण

कान्ति बाल अस्पतालमा उपचाररत शिशुमा कोरोना संक्रमण

काठमाडौंमा समुदायमा कोरोना संक्रमण फैलिएको आशंका बढिहेका बेला शनिबार विहान एक १३ महिने शिशुमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

गत आइतबार कान्ति बाल अस्पतालमा भर्ना गरिएकी १३ महिने शिशुमा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोना पुष्टिपछि उनलाई बलम्बुस्थित युनिफाइड अस्पतालमा पठाइएको छ ।

कान्ति अस्पतालका निर्देशक डा। कृष्णप्रसाद पौडेलले कान्ति अस्पतालमा पहिलो पटक संक्रमण देखिएको पुष्टि गर्दै शिशुको अवस्था भने सामान्य रहेको जानकारी दिनुभयो । संक्रमित शिशु उदयपुरबाट उपचारका लागि ल्याइएको थियो ।

अस्पतालका निर्देशक डाक्टर पौडेलका अनुसार रगतको कमी, ज्वरो आएको लगायतका समस्या भएर शंकास्पद बिरामी भनेर आइसोलेसनमा राखिएको र सोमबार कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएपछि त्यसको रिपोर्ट पोजेटिभ आएको बताउनुभयो ।

यसअघि कान्ति अस्पतालबाट अन्य धेरै शिशुलाई कोरोनाको शंका गर्दै स्वाब पठाइए पनि संक्रमण पुष्टि भएको यो पहिलो केस हो । अस्पतालले कोरोनाका लागि छुट्टै आइसोलेसन वार्ड र टिम बनाएकाले संक्रमण देखिए पनि अस्पताल सूचारु रहेको डाक्टर पौडेलले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.