जन सरोकार

पौराणिक नगर खोकनामा सामूहिक रोपाई गर्न खोज्दा प्रहरी र स्थानीयको झडप

विकासको नाममा सांस्कृतिक सम्पदाको विनाश गर्न लागेको भन्दै बिरोध गदैआएका ललितपुरको पौराणिक बस्ती खोकनामा शनिबार प्रहरी र किसानबीचच झडप भएको छ । सरकारले अधिग्रहणको सूचना निकालेको जग्गामा सामूहिक रोपाई गर्न खोज्दा भएको झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।

सरकारले काठमाडौं-तराई द्रूतमार्ग, बाहिरी चक्रपथ र मातातीर्थ-भक्तपुर १३२ केभी प्रसारण लाइन खोकना हुँदै बनाउने तयारी गरिरहेको र स्थानीयको जग्गा अधिग्रहणको सूचना निकालिसकेको छ । स्थानीयवासीले भने विकासका नाममा सांस्कृतिक सहरमाथि अतिक्रमण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

अभियन्ताहरु खोकनाजस्तो ऐतिहासिक, सांस्कृति र पुरातात्विक महत्व बोकेको नगरलालाई ध्वस्त गरेर विकासका नाममा खोकनाको अस्तित्व मेट्ने काम भैरहेको आरोप लगाउँदै आएका छन् ।

शनिबार अधिग्रहणका लागि सूचना निकालेको जमिनमा खनजोत गर्न समेत नदिएपछि स्थानीयले खड्का फाँटमा संयुक्त रोपाइँ कार्यक्रम राखेपछि उनीहरूलाई प्रहरीले रोक्न खोजेपछि बिहानैबाट तनाव बढेको थियो । केही स्थानीयवासीले प्रहरीलाई खेतमा पुग्नु अगाडि नै रोकेका थिए भने अरूले खानजोत सुरु गरेका थिए । रोपाइँमा ट्याक्टरको प्रयोग गरिएको थियो ।

स्थानीयले प्रहरीलाई नै रोकेपछि थप टोली बोलाएर प्रहरी अगाडि बढ्न खोजेपछि झडप भएको छ । स्थानीयले ढुंगामुढा गर्दा केही प्रहरी घाइतेसमेत भएका छन् । भिडलाई तितरबितर बनाउन प्रहरीले अश्रुग्यास हानेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.