राजनीति

जसपा पनि मन्त्री फेर्दै, तीन मन्त्रीलाई बोलायो फिर्ता

सत्ता गठबन्धनमा सामेल जनता समाजवादी पार्टी (जसपा)ले पनि पार्टीका तर्फबाट मन्त्री भएका तीनजनालाई सरकारबाट फिर्ता बोलाएको छ ।

जसपाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई निरन्तरता दिंदै कृषि मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार मन्त्री रेणु यादव र वन मन्त्री राम सहाय यादवलाई जसपाले सरकारबाट फिर्ता बोलाएको हो ।

तीन मन्त्रीलाई फिर्ता बोलाएसंगै जसपाले तीन जना नयाँ मन्त्रीको नाम पनि प्रधानमन्त्रीसमक्ष सिफारिस गरिसकेको छ । नयाँ मन्त्रीको रुपमा इस्तियाक राई, प्रदीप यादव र मृगेन्द्र सिंह रहनुभएको छ ।

समाचार अनुसार राईलाई भौतिक पूर्वाधार, यादवलाई वन र राष्ट्रिय सभा सदस्य सिंहलाई कृषि मन्त्रीको रुमा सिफारिस गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button