जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ
जबरजस्ती करणी गरेको अभियोगमा देशका विभिन्न स्थानबाट दुई जना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं, चन्द्रागिरी नगरपालिका-१२ बस्ने नुवाकोट बेलकोटगढी गाउँपालिका-१३ घर भएका २६ वर्षीय दिपेश मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।
मगरलाई ती किशोरीलाई चन्द्रागिरी नगरपालिका-१२ स्थित घरमा विगत १०/१२ दिनदेखि बन्धक बनाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यस्तै २३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, बाह्रदशी गाउँपालिका-१ बस्ने २८ वर्षीय अन्सार मिँयालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
मिँयाले ती महिलालाई विवाह गर्छु भनी आश्वसन देखाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्