जन सरोकारस्वास्थ्य

नयाँ भेरियन्ट पत्ता लागेसंगै बढ्यो कोरोना संक्रमण, एकैदिन ९० जना संक्रमित

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएसंगै संक्रमणको दर ह्वात्तै बढ्न थालेको छ । केही दिनयता बढिरहेको संक्रमण आज अरु बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ हजार ९४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४०१ पुगेको छ । जसमध्‍ये ३९९जना होम आइसोलेसनमा रहेका छन् भने २ जना संस्थागत आइशोलेशन र २ जना आईसीयूमा छन् ।

यस्तै एक जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २० जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा ओमिक्रोन भेरियन्टको नयाँ प्रजाति फेला

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button