‘द वी’ ब्याण्डले नारितामा पहिलो कन्सर्ट गर्दै
गर्मी विदाको समय पारेर जापानमा स्थापना गरिएको नेपाली ब्याण्ड “द वी”ले चिवाको नारितावासी नेपालीहरूलाई सांगीतिक मनोरञ्जन प्रदान गर्ने भएको छ ।
स्थापना पश्चात विभिन्न कार्यक्रममा प्रस्तुति दिदै आएको ‘द वी’ ब्याण्डले पहिलोपटक आफ्नै व्यानरमा अगष्ट ५ तारिक शनिबारका दिन नारिता स्काईटाउन हलमा सोलो प्रस्तुति दिने कार्यक्रम संयोजक अनिस श्रेष्ठले बताउनुभएको छ ।
प्रवासमा नेपाली गीत संगीत अनि कलाकारहरुलाइ हौसला दिने उद्देश्यले आयोजना गर्न लागि रहेको सो सांगीतिक कार्यक्रममा मर्करी ब्यान्ड र जापानमा उदयमान युवा गायक एजिन राईको समेत विशेष प्रस्तुति रहने छ ।
साझ ५ बजेबाट सुरु हुने कार्यक्रमको प्रचार प्रसार तीब्र रुपमा भइरहेको र जापानबासी सबै नेपालीहरुलाइ जानकारी दिने उद्देश्यका साथ आगमी जुलाइ ८ तारिख शनिबार दिउँसो २ बजे भिन्न्तुना डाइनिङ, सिनकोइवामा पत्रकार सम्मेलन गर्न लागिरहेको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
जापानमा पहिलो पटक नेपाली ब्याण्डले आफै कार्यक्रम सन्चालनन गरी एतिहासिक सांगीतिक कार्यक्रम गर्न लागिरहेको हुँदा सबै जापानबासी नेपालिहरुलाइ उपस्थित भइ सहयोग गरिदिन हुन समेत आयोजकले अनुरोध गरेको छ ।
पछिल्लो समय चिवा नारिता नेपाली युवाहरूको बाक्लो वसोवास रहेको क्षेत्र बनेको छ। कार्यक्रमको मिडिया पार्टनरमा ‘नेपाल जापान डटकम’ रहेको छ।
प्रतिक्रिया राख्नुहोस्