एमालेले माग्यो प्रधानमन्त्रीको राजीनामा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय नागरिक सरदार प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक दिल्ली गएको भनी दिनुभएको अभिव्यक्तिपछि प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा मागेको छ ।
बुधबार संसदको बैठक सुरु भए लगत्तै समय लिएर एमाले सांसद रघुजी पन्तले आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह पटक पटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा आपत्ति जनाउँदै नैतिकताका आधारमा प्रधानमन्त्री पदमा बस्नु उपयुक्त नरहेकाले राजीनामा गर्न माग गर्नुभएको हो ।
यसै गरी बुधबार बसेको एमाले संसदीय दलको आकस्मिक बैठकले प्रधानमन्त्री चयनका सन्दर्भमा हालै दिनुभएको भनिएको अभिव्यक्ति आपत्तिजनक रहेको भन्दै संसदमा गम्भीरताका साथ उठाउे निर्णय गरेको थियो ।
संसदीय दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा उक्त अभिव्यक्ति मुलुकको सार्वभौमिकता विरुद्ध तथा संसद्को गरिमामा आँच आउने खालको भएकाले उक्त विषयलाई एमालेले आजको प्रतिनिधिसभा बैठकमा गम्भीरताका साथ उठाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्