जन सरोकारस्वास्थ्य

कुल परीक्षणको २१ प्रतिशतमा संक्रमण, मंगलबार थपिए २६ सय ३४- १५ जनाको मृत्यु

नेपालमा कोरोना संक्रमण दर कुल परीक्षणको २१ प्रतिशत रहेको छ । मंगलबार पछिल्लो २४ घण्टामा गरिएको १२,५८५ जनाको परीक्षण गर्दा त्यति सङ्ख्यामा सङ्क्रमण पुष्टि हो । परीक्षणमध्ये ५,०८२ परीक्षण एन्टिजन विधिबाट गरिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसअवधिमा १५ जनाको मृत्यु भएको छ । सो अवधिमा १,५६५ जना सङ्क्रमणमुक्त भएका छा् । योसंगै निको भएका सङ्क्रमित ९४.६ प्रतिशत पुगेका छन् ।

यससंगै नेपालमा सङ्क्रमितको कुल सङ्ख्या झन्डै छ लाख ८८ हजार पुगेको छ भने मृतकको सङ्ख्या ९,२६३ पुगेको छ ।अहिले कुल २२,९६९ जनामा सक्रिय सङ्क्रमण रहेको र तीमध्ये २,८५९ जना संस्थागत आइसोलेशनमा रहेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये अहिले ५६७ जना देशभरिका विभिन्न अस्पतालका आईसीयूमा र १८१ जना भेन्टिलेटरमा छन्।

मङ्गलवार पुष्टि भएका कुल सङ्क्रमितमध्ये ४९९ जना काठमाडौं उपत्यकामा रहेका छन् । अहिले देशभरिका आठ जिल्लामा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् भने थप २४ जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमित रहेका छन् ।

सङ्क्रमितको सङ्ख्या घटेको भए पनि पुष्टि हुनेमध्ये अन्यत्रको तुलनामा काठमाडौं उपत्यकाका धेरै छ । मङ्गलवार पुष्टि भएकामध्ये काठमाण्डूमा ३६५ जना छन् भने ललितपुर र भक्तपुरका क्रमशः १०५ र २९ जना रहेका छन् ।

एक सयभन्दा धेरैमा सङ्क्रमण पुष्टि भएका जिल्लाहरूमा झापा १७६ जना, मोरङ ११२, सुनसरी १३५ र कास्की १०३ जना रहेका छन्।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.