राजनीति

बजेट प्रकरण छानबिन गर्न ११ सदस्यीय समिति बन्ने

बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्माबारे छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन हुने भएको छ ।

संसदीय छानबिन समितिमा संसदको सबभन्दा ठूलो दल एमालेका ४ जना, नेपाली कांग्रेस र नेकपा माओवादीका २–२ जना तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका एकएक जना रहनेछन् ।

प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको भन्दै छानबिन समिति गठनको माग गर्दै आएको थियो ।

संसद अवरुद्ध हुने अवस्था आएपछि सत्तारुढ दलहरु समिति बनाउन सहमत भएका छन् । संसद सचिवालयका अनुसार समिति ११ सदस्यीय हुनेछ ।

दलहरुले नाम दिएपछि बस्ने संसद बैठकमा समितिको औपचारिक घोषणा हुने बताइए पनि एमालेले भने अर्थमन्त्रीको राजीनामा समेत मागेको छ ।

अर्थमन्त्रीको राजीनााका विषयमा केही बताइएको छैन । यसअघि नेपाली कांग्रेसका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङले पनि अर्थमन्त्रीले राजीनामा दिनुपर्ने धारणा राख्नुभएको थियो ।

गगन थापाले अर्थमन्त्री शर्माको राजीनामा मागेपछि गठबन्धनमा हलचल

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.