राजनीति

श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग अध्यक्ष नेपालको भेट

श्रीलङ्का भ्रमणमा रहनुभएका नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बुधबार राष्ट्रपति र प्रधानमन्त्रीसँग भेटवार्ता गर्नुभएको छ ।

अध्यक्ष नेपालको भेट

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमसिङ्घेको निवासमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न पक्षमा छलफल भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

यस्तै अध्यक्ष नेपालले श्रीलङ्काका प्रधानमन्त्री दिनेश गुणवद्र्धनेसँग पनि बुधबार साँझ भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवासमा भएको भेटमा दुई देशको भाइचारा सम्बन्ध, एशियाका मुलुकमा विकसित घटनाक्रमबारे वार्ता भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

अध्यक्ष नेपालको भेट

भेटमा नेपाल र श्रीलङ्काबीच पुरानो मित्रता रहेको बताउँदै दुवै देशले एकअर्कालाई आवश्यक सरसहयोग गर्न सकिने विषयमा पनि छलफल भएको बताइएको छ । अध्यक्ष नेपाल श्रीलङ्कन कम्युनिष्ट पार्टीको ८०औँ स्थापना दिवसको कार्यक्रममा सहभागी हुन तथा दक्षिण एशियाका कम्युनिष्ट पार्टीको बैठकमा सहभागी हुन सोमबार श्रीलङ्का प्रस्थान गर्नुभएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.