गुडिरहेको बसमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा तीनजनाको मृत्यु
दाङमा गुडिहेको बसमा लत्रिएको तारबाट करेन्ट लाग्दा बसमा सबार तीन जनाको मृत्यु भएको छ । करेन्ट लागेर दुईजनाको बसभित्रै र एकजनाको उपचारका क्रमा मृत्यु भएको थियो ।
सडकमा लत्रिएको ११ हजार भोल्टेजको विद्युत तारले गाडीको पछाडीको भागमा छुदा करेन्ट लागेको प्रहरीले बताएको छ । उक्त बसमा २७ यात्रु सवार थिए
तुलसीपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवराज केसीका अनुसार बसभित्रै मृत्यु हुनेमा रोल्पाको गङ्गादेव गाउँपालिका–४ निवासी ७० वर्षका बालाराम डाँगी र उहाँका छोरा ४५ वर्षीय टोपलाल डाँगी रहेका छन् ।
यसै गरी सख्त घाइते गाडी धनी सल्यान छत्रेश्वरी गाउँपालिका–६ राणागाउँ निवासी अञ्दाजी ३७ वर्षीय महेन्द्र ओलीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
दाङबाट रोल्पा जाँदै गरेकोे रा १ ख ८३४ नं को बसमा बिहिबार बिहान १०ः१५ बजेतिर कपुरकोट गाउँपालिका–३ चोरखोलामा पुग्दा लत्रेको तारबाट करेन्ट प्रवाह भएको थियो ।
प्रतिक्रिया राख्नुहोस्