स्पेन युरोकपको सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा आयोजक जर्मनीलाई २-१ ले पराजित गर्दै स्पेन अन्तिम चारमा पुगेको हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको निकै प्रतिस्पर्धात्मक खेलमा खेलको ५३ औं मिनेटमा स्पेनका ड्यानी ओलमोको गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर खेलको ८९ औं मिनेटमा जर्मनीका फ्लोरियन वार्टजले गोल गर्दै खेल १-१ को बरबरिम्मा ल्याए ।
निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । स्पेनले अतिरिक्त समयको अन्तिम मिनेट बाँकी रहँदा गोल गरेको थियो । अतिरिक्त समयको १ सय १९ औं मिनेटमा ड्यनी ओलमोको क्रसलाई मिकेल मेरिनोले हेडमार्फत गोल गर्दै स्पेनलाई २-१ को जित दिलाए ।
।
प्रतिक्रिया राख्नुहोस्