ओली-प्रचण्ड सहमतिको प्रयासमा : माधव नेपालमा बढ्दो असन्तुष्टि
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीको पछिल्लो विवाद समाधान गर्ने गरी संवाद जारी राखेपछि वरिष्ठ नेता माधवकुमार नेपालमा छटपटी बढेको छ ।
अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल सहितका स्थायी समिति सदस्यहरुले केपी ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजीनामा दिनुपर्ने अडान राखेपछि पार्टी विभाजनको सम्भावित खतरा टार्न र एकताबद्ध भएर अघि बढ्न दुई अध्यक्ष विवाद समाधानका लागि संवाद गर्ने सहमति गरेपछि वरिष्ठ नेता माधवकुमार नेपालले असन्तुष्टि जनाउनुभएको हो ।
समाचार सूत्रका अनुसार सोमबार ओली र प्रचण्डबीच पार्टीको आन्तरिक विवादमा सहमतिको सूत्र खोज्न दुई अध्यक्षमात्र संवादमा जुट्ने सहमति भएपछि वरिष्ठ नेता नेपालको असन्तुष्टि आएको हो ।
सोमबार प्रधानमन्त्री ओली र प्रचण्डबीचको भेट लगत्तै नेपाल र दाहालबीच भेटवार्ता भएको थियो ।यही भेटवार्तामा नेता नेपालले दुई अध्यक्षको सहमतिलाई लिएर असन्तुष्टि जनाउनुभएको समाचार सूत्रको दावी छ ।
वरिष्ठ नेताको असतुष्टि प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीचको छलफलमा ले आइतबारको छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मालाई राखेकोमा थियो । उहाँले दुई अध्यक्षबीचको छलफलमा दुई अध्यक्ष निकट नेतालाई सहभागी गराएको तर आफ्नो समूहका नेता नराखेकोमा थियो ।
स्थायी कमिटी बैठकमा प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा माग्नेमा नेपाल समूहका नेता धेरै थिए । तर, सोमवारसम्म ओली कुनै पद नछाड्ने आफ्नो अडानमा कायमै हुनुहुन्छ । नेपाल निकट नेताहरु भने ओली र प्रचण्डले गर्ने सहमति अनुमोदन नगर्ने अडानमा रहेको बताइएको छ ।
प्रतिक्रिया राख्नुहोस्