विश्व समाचार

दक्षिण एसियाका एक अर्ब ७० करोड मानिसमा खाद्यान्न संकटको चेतावनी

विश्वव्यापी महामारी फैलाइरहेको कोरोना भाइरस (कोभिड–१९)का कारण विश्व अर्थतन्त्रका शक्तिशाली मुलुकहरु समेत जर्ज बन्दैगरेको अवस्थामा विपन्न तथा गरीब मुलुकका जनता यसको मारमा अरु पर्ने देखिएको छ ।

एक अन्तर्राष्ट्रिय अनुसन्धान संस्थाले गरेको अध्ययनमा दक्षिण एसियाका १ अर्ब ७० करोड मानिसको जनजीवनमा अपूर्व खाद्यसंकट आउने र खाद्यान्न, स्वास्थ्य तथा पोषणको समस्या हुने उल्लेख छ ।

इन्टरनेसनल फुड पोलिसी ग्लोबल रिसर्च इन्स्टिच्युट (आईएपीआरआई)ले सोमबार सार्वजनिक गरेको प्रतिवेदमा उक्त क्षेत्र खाद्यान्न र पोषणका हिसाबले असुरक्षित रहेको जनाइएको छ । आईएपीआरआई दक्षिण एसियालगायत विभिन्न संस्थाले सोमबार गरेको भर्चुअल कार्यक्रममा जानकारहरुले कोभिड–१९ का कारण दक्षिण एसियाली खाद्यान्न प्रणालीमा परेको प्रभावबारे चर्चा गरेका हुन् ।

दक्षिण एसिया क्षेत्रको खाद्यान्न प्रणाली हेरफेर गरी समावेशी, दिगो र लचिलो बनाउनुपर्ने उनीहरुको भनाइ छ । खाद्यान्न तथा पोषण क्षेत्रमा क्रियाशील संघसंस्था तथा विज्ञहरुले भने कोभिड–१९ का कारण केही अवसर उपलब्ध भएको देखिए पनि प्रायः मानिस त्यसलाई उपयोग गर्न असमर्थ रहेका जनाएका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.