जल/वातावरण

भर्खरै खनेको इनारमा पूजा गर्दा बल्यो ग्यास : जलेर एक महिला घाइते

काठमाडौं उपत्यकामा भूमिगत पानीको सतह रित्तिँदै

चाँगुनारायण नगरपालिका–२ हिन्दुनगरमा भर्खरै खनिएको इनारबाट ग्यास निस्किएको छ । खनेको इनारको पूजा गर्ने क्रममा सलाई बाल्दा सोही ग्यास बलेर एक महिना घाइते भएकी छिन् ।

समाचार अनुसार बिहान इनारमा पूजा गर्ने क्रममा ४२ वर्षीया जमुना राई जलेर घाइते भएकी हुन् । इनारको पानी प्रयोग गर्नुअघि पूजा गर्ने धार्मिक मान्यता अनुसार पूजा गर्ने क्रममा सलाइ कोर्नासाथ इनारबाट निस्केको ग्यासहितको आगोको लप्काले अनुहारसहित केही भाग जलेको हो । घाइते को सुष्मा मेमोरियल अस्पताल साँखुमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

उदयपुर स्थायी घर भएकी उनले केही समयअघि मात्र त्यहाँ घर खरिद गरी कमाउण्डमा इनार खन्नुभएको थियो । इनारमा अहिले पनि ग्यासको प्रवाह निरन्तर भइरहेको छ । वडाअध्यक्ष शिवहरि केसी र प्रहरी टोलीले घटनास्थल पुगेर घटनाका बारेमा जानकारी लिएका थिए ।

सलाइ कोर्नासाथ ठूलो आवाजसहित इनारको ढकनी नै उछिट्याएर ग्याससहित आगो लप्का निस्किएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.