जल/वातावरण

काठमाडौं उपत्यकाका २३ स्थानमा भेटिएका छन् कोरोना संक्रमित : सचेत रहनुहोस्

कोरोना संक्रमणको नयाँ हटस्पट बन्ने खतरा रहेको राजधानी काठमाडौं उपत्यकाको विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन् । यी स्थानको यात्रा गर्दा सचेत रहन आग्रह गरिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले दिनुभएका जानकारी अनुसार काठमाडौँको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्रबाराही, तारकेश्वर, गोल्फुटार, कीर्तिपुर (ट्याङ्लाफाँट), धापासी, बसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको छ ।

यस्तै, ललितपुरको धोबीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोँ तथा भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको थियो । यीमध्ये काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा चार जनामा कोरोना सङ्क्रमण देखिएको थियो ।

सम्बन्धित खबर

Back to top button