जन सरोकार

कालिगण्डकीबासीलाई निःशुल्क विजुली

कालीगण्डकी गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणबीच सम्झौता भएको छ । यहाँका बासिन्दाको न्यूनतम विद्युत् महसुल तिरिदिने निर्णय गरेसंगै गाउँपालिका र विद्युत् प्राधिकरणबीच सम्झौता भएको हो ।

सम्झौता अनुसार गाउँपालिकाले यहाँका चार हजार ५४७ घरधुरीको न्यूनतम विद्युत् महसुलबापत रु चार लाख १० हजार उपलब्ध गराएको विद्युत् प्राधिकरण स्याङ्जाका प्रमुख दिलिप मरासिनीले जानकारी दिनुभयो । वैशाख, जेठ र असार महिनाको प्रत्येक ग्राहकको मासिक रु ३० का दरले पहिलो किस्ता प्राधिकरणमा जम्मा भएको र प्रत्येक ६/६ महिनामा गाउँपालिकाले प्राधिकरणलाई रकम उपलब्ध गराउने सहमति भएको प्राधिकरणका लेखाप्रमुख विष्णुप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

गाउँपालिकाले स्थानीवासीलाई विद्युत् उपभोग गर्न कुनै समस्या नहोस् भनेर उज्यालो गाउँपालिका अभियानअन्र्तगत न्यूनतम विद्युत् महसुल तिरिदिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो । निःशुल्क रुपमा विद्युत् उपभोग गर्न पाएपछि स्थानीयवासी उत्साहित छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.