कला/मनोरन्जन

अस्ताए हिन्दी सिनेमाका ट्रेजेडी किङ दिलिपकुमार

हिन्दी सिनेमाका ट्रेजेडी किङका रुपमा प्रख्यात शताब्दीकै महान अभिनेता दिलिप कुमारको निधन भएको छ । बिबिसिका अनुसार दिपिलकुमारको ९८ वर्षको उमेरमा निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ दिलिपलाई सास फेर्न गाह्रो भएपछि हालै अस्पताल भर्ना गरिएको थियो । थोरै तर सदावहार चलचित्रमा अभिनय गरेको दिलिपकुमारले पाँच दशक लामो चलचित्र यात्रामा ६५ भन्दा बढी चलचित्रमा अभिनय गरेका थिए ।

कुमारकी पत्नी सायरा बानो पनि बलिउड अभिनेत्री हुन् । उनीहरूका सन्तान छैनन् । कुमारले सन् १९९४ मा ज्वारभाटा नामक चलचित्रबाट चलचित्र यात्रा सुरु गरेका थिए। तर सन् १९४९ मा प्रदर्शनमा आएको अन्दाजले उनलाई ख्याति दिलाएको थियो ।

व्यावसायिक हिसाबले सफल चलचित्रमा नर्गीस र राज कपुरले पनि अभिनय गरेका थिए जो पछि गएर चर्चित अभिनेता बन्न सफल भए ।

उनको जन्म सन् १९२२ को डिसेम्बर महिनामा पाकिस्तानको पेसावरमा भएको थियो। हाल पाकिस्तानमा पर्ने पेसावरमा उनको जन्म हुँदा उनको नाम यूसूफ खान राखिएको थियो।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.