जन सरोकार

२८ जनाको मृत्यु, दुई हजार नौ सय ७९ जना संक्रमित

नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु भएको छ भने २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर ७ हजार ८ सय ३५ जनाको पीसीआर टेष्ट गर्दा २०७७ जनामा र यस्तै देशभरमा ४०६३ जनाको एन्टिजेन परीक्षण गर्दा ९०२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल उपत्यकाका तीनसहित कास्की, चितवन, मकवानपुर, झापा, मोरङ र सुनसरीमा संक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले लक्षण भएका संक्रमितको सरकारी अस्पतालहरुमा निःशुल्क परीक्षण हुने भन्दै यदि कसैलाई कोरोना संक्रमण लक्ष्मण भए परीक्षण गराउन आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button