प्रबास

एनआरएनएको विकल्पमा ग्लोबल एनआरएन फाउण्डेशन ?

स्थापनाको झण्डै दुई दशकपछि दुई चिरामा विभाजित भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)को एउटा पक्षले ग्लोबल एनआरएन फाउण्डेशन दर्ता गरेको छ ।

विदेशमा छरिएर रहेका नेपालीहरुबाट एकमुष्ठ रुपमा नेपालको सामाजिक विकासमा योगदान पुर्याउने लगातयका उद्देश्यसहित ग्लोबल एनआरएन फाउण्डेशन दर्ता गरिएको विनोद कुँवर नेतृत्वको गैरआवासीय नेपाली संघका सचिव कृष्ण केसीले जानकारी दिनुभएको छ ।

यसअधि गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनबाट निर्वाचित बिनोद कुँवरको नेतृत्वमा बनेको कार्यसमितिले फाउण्डेशन दर्ता गर्ने निर्णय गरेको थियो ।

फाउण्डेशनमा निवर्तमान प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष डा शेष घले, निवर्तमान उपाध्यक्ष सोनाम लामा, पूर्व क्षेत्रीय उपसंयोजक एसी शेर्पा, पूर्व आइसीसी सदस्य जमुना गुरुङ, वर्तमान एनआरएनएका अध्यक्ष बिनोद कुँवर, महासचिव जानकी गुरुङ, कार्यसमितिका पदाधिकारी, परिषद सदस्य, सल्लाहकार लगायत थुप्रै गैरआवासीय नेपालीहरुको सक्रिय सहभागिता र योगदान रहने छ।

दर्ता सम्पन्न भएपछि फाउण्डेशनलाई विस्तार गरेर पूर्णता दिइने र त्यसपछि यसबारे बिस्तृत रुपमा जानकारी गराइने सचिव केसीले बताउनुभएको छ ।

एनआरएनएमा अहिले दुई समूहले आफूलाई आधिकारिक दावी गरिरहेको छ । एउटा चिराको नेतृत्व विनोद कुँवरले गर्नुभएको छ भने अर्को एनआरएनएमा डा बद्री केसी, कुल आचार्य र रबिना थापा अध्यक्ष रहनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.