राजनीति

“चुनावको मुखमा विदेशीलाई नागरिकता नबाँडियोस्”

सरकारले संसदमा विचाराधीन रहेको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक ल्याउन लागेकोमा सांसदहरुले त्यसको बिरोध गरेका छन् ।

चार वर्षसम्म संसदको समय र लगानी खर्चेर विचार मन्थन गरिएको नागरिकता विधेयक थन्क्याएर निर्वाचनको मुखैमा नागरिकता बाँड्ने सरकारको तयारीको बिरोध भैरहेको हो ।

बिहिबार प्रतिनिधिसभाको बैठकमा एमालेका सांसद नवराज सिलवालले गैरनागरिकलाई नागरिकता दिने गरी विधेयक ल्याउन नहुनेमा जोड दिनुभयो ।

उहाँले नेपाली नागरिकले नागरिकता नपाएको भए उहाँहरुलाई तत्काल नागरिकता दिनुपर्छ तर, गैर नेपालीलाई नागरकता दिने गरी विधेयक नल्याउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “हाम्रो छिमेकमा धेरै जनसङ्ख्या भएका मुलुक छन्, गैर नेपालीले नागरिकता नपाउनेतर्फ सरकार सचेत हुनुपर्छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.