खेलफूटबल

टर्कीलाई पराजित गर्दै नेदरल्यान्ड्स युरोकप फुटबलको सेमिफाइनलमा

नेदरल्यान्ड्सले युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबर बिहान भएको खेलमा टर्कीलाई २-१ ले पराजित गर्दै नेदरल्यान्ड्स अन्तिम चारमा पुगेको हो ।

युरोकप फुटबल

बर्लिनमा भएको खेलमा १-० ले पछि परेको अवस्थामा नेदरल्यान्ड्सले उत्कृष्ट पुनरागमन गर्दै जित निकालेको हो । खेलको ३५औं मिनेटमा टर्कीका आर्डा गुलेरको क्रसमा समेत अकायदिनले हेड गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ १-० मा सकिएको खेलमा दोस्रो हाफमा उत्कृष्ट खेल पस्केको नेदरल्यान्ड्सले दुई गोल गर्यो ।

खेलको ७०औं मिनेटमा मेम्फिस डिपाएको क्रसलाई हेडमार्फत स्टेफान डेभ्रिजले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि खेलको ७६ औं मिनेटमा डेन्जेल डमफ्रिजको क्रसमा मर्ट मल्डुरले आत्मघाती गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को जित दिलाए । अब नेदरल्याण्ड्सले सेमिफाइनलमा इंग्ल्यान्डको सामना गर्नेछ । शनिबार राति भएको खेलमा साविक फाइनलिस्ट इंग्ल्यान्डले पेनाल्टी सुटआउटमा स्विट्जरल्यान्डलाई ५-३ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.