खेलफूटबल

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

ब्राजिललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार बिहान भएको खेलमा उरुग्वेले ब्राजिललाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको हो ।

उरुग्वे कोपा अमेरिका फुटबलको सेमिफाइनलमा

उरुग्वे र ब्राजिलबीचको निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । त्यसअघि उरुग्वे ७४ औं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । तर ब्राजिले त्यसको फाइँदा भने उठाउन सकेन ।

उरुग्वेका लागि पेनाल्टीमा फेडेरिको भल्भर्डो, म्यानुअल उगार्टो, रोड्रिगो बेनटान्कर र जर्जियन डी अर्रास्केटाले गोल गर्दा मारिया गिमेनेजको प्रहार ब्राजिलियन गोलरक्षक एलिसनले बचाएका थिए भने ब्राजिलका गेब्रियल मार्टिनेली र एन्ड्रेस परेराले गोल गर्दा डगलस लुइज र एडर मिलिटाओले भने गोल गर्न असफल रहे ।

अब फाइनल प्रवेशका लागि उरुग्वेले कोलम्बियासँग भिड्नेछन् भने अर्को सेमिफाइनलमा अर्जेन्टिना र क्यानडा आमने सामने हुनेछन् । त्यसअघि कोपा अमेरिका फुटबल अन्तर्गत आइतबार बिहान भएको पहिलो खेलमा कोलम्बियाले पानामालाई ५-० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.