जन सरोकार
दावा र कलिमुदिनको घरबाट विभिन्न धनमाल चोरी
काठमाडौं र सुनसरीबाट विभिन्न धनमाल चोरी भएको छ । काठमाडौं महानगरपालिका-१६ नयाँबजार डेरा गरी बस्ने सोलुखुम्बु लिखुपिके गाउँपालिका-१ घर भएका ५१ वर्षीय दावा शेर्पाको कोठाबाट कोही नभएको अवस्थामा ढोकाको ताल्चा फोडेर सुनका विभिन्न गरगहना, नगद तथा जिन्सी सामानहरू गरी करिब ११ लाख ६९ हजार ८ सय ८० रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
त्यस्तै सुनसरी, दुहवी नगरपालिका-६ राई टोल बस्ने कलिमुदिन मियाँको घरबाट कोही नभएको अवस्थामा गेटको ताल्चा फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख ४४ हजार रूपैयाँ बराबरको धनमाल शनिबार दिउँसो चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्