नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर तथा आसिफ शेख आगामी नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् ।
तेस्रो संस्करणअघि जनकपुर बोल्ट्सबाट रिलिज भएका आसिफ लक्की ड्र मार्फत लुम्बिनीमा अनुबन्धन भएका हुन् । एनपिएलको तेस्रो संस्करणका लागि खेलाडीहरूको अक्सनमा आसिफका लागि अधिकतम २० लाख रुपैयाँ बराबरको बोली लागेको थियो ।
उनीमाथि चितवन राइनोज बाहेक सबु सात टोलीले बोली लगाएका थिए । क्याटेगोरी ए का खेलाडी आसिफ बेस मूल्य १५ लाखबाट सुरु भएर अधिकतम २० लाख पुग्दा लक्की ‘ड्र’ मार्फत छिनोफानो भएको थियो । यसअघि आसिफले एनपिएलका पहिलो दुई संस्करण जनकपुर बोल्ट्सका मार्की खेलाडीका रूपमा खेलेका थिए ।





प्रतिक्रिया राख्नुहोस्