जन सरोकार

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

कोरोना भाइरस संक्रमणका कारण सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले बुधबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन । रोजगारीको लागि दक्षिण कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन गरिएको हो ।

सरकारले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्ण उडान बन्द भएपछि इपिएस पाससहित सम्पूर्ण प्रक्रिया पूरा गरी बसेका उनीहरुले सरकारले उडान सञ्चालन नगरे सङ्घर्ष गर्ने चेतावनीसमेत दिएका छन् ।
प्रदर्शनमा सहभागीले कि रोजगारी दिुनपर्ने कि कोरिया जान दिनुपर्ने र र कोरियाको लागि अन्तर्राष्ट्रिय उडान नियमित गर्नुपर्ने लगायतका माग राख्दै प्रदर्शनी गरेका थिए । प्रदर्शनमा सहभागी सागर अधिकारीले आफ्ना माग पूरा नभए चार हजार ५०० युवाहरुले आन्दोलन गर्नुको विकल्प नरहेको बताउनुभयो ।

सम्बन्धित खबर

Back to top button