जन सरोकार
श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ
आफ्नै श्रीमती २८ वर्षीया नैन कुमारी महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा सर्लाही, हरिवन नगरपालिका-५ घुर्कौली टोल बस्ने ३५ वर्षीय राम भरोश महतोलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
घरायसी झगडाको कारण आफ्नै श्रीमतीलाई खुकुरी प्रहार गरी हत्या गरेको भनी राम भरोशले इलाका प्रहरी कार्यालय हरीवनमा आफै उपस्थित भई जानकारी गराउनासाथ उनलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्