जन सरोकार

सिन्धुपाल्चोक बाढी : जलविद्युत आयोजनामा व्यापक क्षति, निरीक्षणका लागि उडेको हेलिकोप्टर फर्कियो

अविरल वर्षाको कारण बुधबार राति भोटेकोशीमा आएको बाढीले दुईजनाको मृत्युभएको छ भने दर्जन बढी वेपत्ता छन् । त्यसै गरी निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोशी हाइड्रोपावरमा अर्बौंको क्षति पुगेको छ ।

सो आयोजनाका सीईओ मणिकुमार काफ्लेका अनुसार बाढीबाट एकजना चिनियाँ प्राविधिक बेपत्ता भएका छन् । आयोजनाका लागि आवश्यक मेसिन उपकरणहरु राख्ने गरिएको भण्डार गृह बाढीले बगाएको छ ।

काफ्लेका अनुसार आयोजनाका लागि तीनवटा महँगा उपकरणहरु टर्बाइन रनर, जीआईएस र जीटी (जेनेरेटर ट्रान्सफर्मर) बाहेक सबै उपकरणहरु ल्याएर त्यहाँ राखिएको थियो । ती सबै बाढीले बगाएको अनुमान छ । मध्य भोटेकोशी आयोजनाको पावर हाउसमा पनि माटो भरिएको छ । तर, पावर हाउस भत्किएको भने छैन ।

यसैबीच सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिको अवलोकनका लागि सभामुख अग्निप्रसाद सापकोटालाई लिएर उडेको हेलिकप्टर विहीबार बिहान धुलिखेलको आकाशबाटै काठमाडौं फर्किएको छ ।

खराब मौसमका कारण नेपाली सेनाको हेलिकप्टर बाह्रबीसेतर्फ जान नसकी धुलिखेलको आकाशबाटै फर्किएर त्रिभुवन विमानस्थलमा अवतरण भएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यसैवीच, बाह्रबीसे रहेको नेपाली सेनाको ३० सदस्यीय उद्धार टोली बाढीग्रस्त क्षेत्रमा पुग्न लागेको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अबताउनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.