जल/वातावरण

बाह्रबीसे बाढी अपडेट : वेपत्ता हुनेको संख्या २३ पुग्यो, थप दुई घर बगे

बुधबार राति भएको अविरल वर्षाका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ५ जम्बु र भोटेकोशी गायँपालिकामा आएको बाढीमा परी २३ जना वेपत्ता भएका छन् भने १६ घर बगाएको छ ।

पछिल्लो समाचार अनुसार बाह्रबिसे नगरपालिका ५ जम्बुमा एल्मो खोलाको बाढी बगाउँदा १४ घर बगाएको छ भने १९ जना बेपत्ता भएका छन् । त्यस्तै भाटेकोशी गाउँपालिका खहले खोलाको बाढीले बुलकुटे बस्तीका दुई घर बगाएको छ भने चार जना बेपत्ता भएका छन् ।

घटनास्थलमा अहिले पनि भारी वर्षा भइरहेको छ । वर्षाका कारण बेपत्ता हुने र घरबार गुमाउनेको खोजी कार्य र उद्धार हुन नसकेपछि स्थानीयहरू आक्रोसित हुन थालेका छन् । बाढीले जुरे पहिरोदेखिकै तातोपानीसम्मको सडकखण्ड अवरुद्ध भएपछि पर्याप्त मात्रामा सुरक्षाकर्मी र उद्धारकर्ता घटनास्थलमा पुग्नसकेका छैनन्, जसका कारण उद्धार कार्यमा ढिलाइ भइरहेको छ ।

तर, प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी घटनास्थलमा उद्धारकार्यमा खटिरहेको जानकारी दिनुभएको छ । घटनास्थल क्षेत्रमा वर्षा भइरहेका कारण उद्धार टोलीलाई समस्या भइरहेको जनाएको छ ।

बाह्रबिसेका नवीन श्रेष्ठका अनुसार बाह्रबिसेबाट घटनास्थल जान नसकिने जानकारी दिनुभयो । उहाँका अनुसार जलेटार, खाग्दलमा बाढीले सडक छिनेको र बगाएको कारण घटनास्थल जान सकिएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.