माओवादी केन्द्र खारेज गर्न दिएको निवेदन कहाँ पुग्यो ?
सर्वोच्च अदालतको आदेशपछि पुनः अस्तित्वमा आएको माओवादी केन्द्र अवैध रहेको भन्दै खारेजीको माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका एमाले प्रवेश गरेका पूर्व माओवादी नेताहरुले छिटो निर्णय दिन निर्वाचन आयोगलाई आग्रह गरेका छन् ।

गत बुधबार एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु माओवादी केन्द्रले २०६९ देखि पार्टीको महाधिवेशन नगरेको, पार्टी एकताका नाममा आयोगलाई झुक्याएको लगायतका दाबी गर्दै दल दर्ता खारेज गर्नुपर्ने भन्दै निवेदन दिएका थिए ।
शुक्रबार टोपबहादुर रायमाझी, मणि थापा, नेता प्रभु साह, लगायतका नेताहरु बहादुर भवन पुगेर प्रमुख आयुक्त दिनेश थपलिया लगायतलाई भेटेर दल दर्ता खारेजका लागि आफूहरुले बुधबार दिएको निवेदनका विषयमा चासो राख्दै छिट्टै निर्णय गर्न आग्रह गरेका हन् ।
आयोगका पदाधिकारीहरुसंगको भेटपछि नेता प्रमु साहले कानूनी व्यवस्था यो–यो छ भन्नुभयो र सबै दलहरुको अवस्था त्यस्तै रहेको बताएको जानका दिंदै आफूहरुले अरुको कुरा होइन, माओवादी केन्द्रको विषयमा प्रश्न उठाएको र यसबारे छिटो निर्णय होस् भनेको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्