राजनीति

पूर्व प्रधानमन्त्री ओलीद्वारा आबेको हत्याप्रति दुःख व्यक्त

पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

उहाँले ट्विटमार्फत आबेको हत्याको भत्र्सना गर्दै निधनप्रति दुःख व्यक्त गर्नुभएको हो । उहाँले ट्विटरमा भन्नुभएको छ, “जापानका पूर्वप्रधानमन्त्री आबेको जघन्य हत्याको म घोर भत्र्सना गर्दछु ।”

“उहाँ नेपालको असल मित्र हुनुहुन्थ्यो र उहाँले प्रधानमन्त्री हुँदा नेपाल–जापान सम्बन्धलाई मजबुद बनाउन महत्वपूर्ण भूमिका खेल्नुभएको थियो ।”

शुक्रबार पश्चिम जापानको नारा शहरमा आयोजित चुनावी सभालाई सम्बोधन गरिरहेका बखत आबेमाथि गोली  हानी हत्या भएको हो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.