जन सरोकार

“ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड हैन डाइपर मात्रै आयात गर्छ”

केही समययता एक कम्पनीको फाइदाका लागि सेनेटरी प्याड आयातमा छुट दिएको भनेर आएको समाचारप्रति सो कम्पनीले सो समाचार भ्रामक र तथ्यहीन भएको  जनाएको छ ।

केही सञ्चारमाध्यमले ब्लुप्रिन्ट ट्रेडिङले सेनेटरी प्याड आयात गरेको भनेर समाचार प्रकाशित गरेपछि आज कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै आफूहरुले बालबालिकाका लागि डाइपर मात्रै आयात गर्ने गरेको स्पष्ट पारेको हो ।

“सञ्चारमाध्याममा ब्लुप्रिन्ट ट्रेडिङ प्रालीका विषयमा बिनाआधार र प्रमाण प्रकाशित भएका समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बालबालिकाका लागि प्रयोग हुने डाइपर आयत गर्ने कम्पनी हो”, कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईंले जारी गरेको विज्ञप्तिमा भनिएको छ । प्रालीले स्थापनादेखि अहिलेसम्म सेनेटरी प्याड आयात नगरेको जनाएको छ ।

“बिनाआधार हाम्रो कम्पनीको मानहानी हुने गरी प्रकाशित/प्रसारित समाचार गलत भएको यसै विज्ञप्तिमार्फत आम नागरिकलाई जानकारी गराउँदछौँ”, विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button