विश्व समाचार

अफगानी दोभासेलाई अमेरिकामा गोली हानी हत्या

सन् २०२१ मा परिवारसहित अफगानिस्तानबाट अमेरिका बसाइँ सरेका एक पूर्व अफगान दोभासेलाई सोमबार वासिङ्टन डिसीमा गोली हानी हत्या गरिएको सीएनएनले जनाएको छ ।

अफगानी दोभासे

प्रहरीले अहिले शंकास्पद व्यक्तिको खोजी गरिरहेको छ । ३१ वर्षीय नसरत अहमद यारको गाडीमा गोली लागेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उहाँलाई उपचारका लागि अस्पताल लगिएको थियो, जहाँ उहाँको मृत्यु भएको थियो ।

तालिवानले अफगानिस्तानको सत्ता कब्जा गर्नुअघि एक दशकसम्म अफगानिस्तानमा अमेरिकी सेनाको विशेष फौजसँग काम गरेका यारले गोली चलाउँदा अतिरिक्त राइडशेयर सिफ्टमा काम गरिरहेका थिए ।

प्रहरीले सार्वजनिक गरेको भिडियोमा उहाँलाई गोली हानेको केही समयपछि चार जना व्यक्ति घटनास्थलबाट भागेको देखिएको छ । शङ्कास्पद व्यक्तिको नाम भने खुलाइएको छैन । प्रहरीले आक्रमणकारी पक्राउ गर्ने वा सूचना दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ ।

लिफ्टका प्रवक्ताले सीएनएनसँग भन्नुभयो, “हामी यस दुःखद घडीमा यस अकल्पनीय त्रासदीको सामना गरिरहेका नसरतका प्रियजनहरूप्रति समवेदना प्रकट गर्दछौँ ।”

उहाँले भन्नुभयो, “मृतकका परिवारलाई हाम्रो सहयोग प्रदान गर्न सम्पर्क गरेका छौं र उनीहरूको अनुसन्धानमा सहयोग गर्न कानून प्रवर्तनसँग सम्पर्कमा छौं । सीएनएनले अमेरिकी सेनाको विशेष बलसँग टिप्पणीका लागि सम्पर्क गरेको छ ।

सीएनएनका अनुसार अहमद यारले सन् २०२१ मा अफगान सरकार ढलेपछि आफ्नो परिवारलाई अमेरिका ल्याएका थिए । क्राउडफन्डिङ पेजका अनुसार उहाँ आफ्नी श्रीमती र १५ महिनादेखि १३ वर्षसम्मका चार सन्तानका लागि एक मात्र कमाइको स्रोत हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.