कर्मचारीलाई हामी आउँदैछौं, अहिले सरकारले भनेको नटेर्नु भन्न मिल्छ ? (भिडियो)
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सरकार परिवर्तनको तयारीसंगै कर्मचारीलाई ‘हामी आउँदैछौ सरकारले भनेको केही नगर्नु’ भन्ने निर्देशन दिएर जनतामाथि घात गरेको आरोप लगाउनुभएको छ ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद ढकालले सरकारमा जान हतार गरिरहेका ठूला दलका नेताहरुले विपदको यो समयमा कर्मचारीलाई काम नगर्नु भनेर जनतालाई सास्ती दिएको भन्दै सो आरोप लगाउनुभएको हो ।
त्यसै गरी उहाँले नयाँ बन्ने सरकारमा बसेकाहरु नै विगत ३० वर्षसम्म सत्तामा बसेको र उनीहरुले भ्रष्टाचार मात्रै गरेको आरोप पनि लगाउनुभयो ।
लामो समय शासन गरेका ठूला दलका नेताले राजनीतिक व्यवस्था परिवर्तनका लागि गरेको योगदानबाहेक कुशासन पनि मौलाएको टिप्पणी गर्नुभयो ।
उहाँले संसद्का दुई ठूला दलबीच सत्ता सहकार्यका लागि भएको सहमतिपछि नयाँ सरकार नबनेसम्म आफूहरू सरकारमा रहेर कार्यसम्पादनमा लागिरहने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्