राजनीति

बूढीगंगाको प्रमुख उपप्रमुखमा एमाले विजयी

पुनः मतदान गरिएको बाजुराको बूढीगंगा नगरपालिका प्रमुखमा नेकपा (एमाले)का रामबहादुर बाँनिया र उपप्रमुखमा सोही पार्टीकी माया कुँवर विजयी हुनु भएको छ ।

एमालेका तर्फबाट नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनिया प्रतिस्पर्धी नेपाली काँग्रेसका रंगबहादुर खातीभन्दा एक हजार तीन बढी मत ल्याएर विजयी हुनुभयो ।

आइतबार पूरा भएको मतगणनामा बाँनियाले चार हजार ७७७ मत पाउनु भएको छ भने काँग्रेसका नगरप्रमुखका उम्मेदवार खातीले तीन हजार ७७४ मत प्राप्त गरेको बूढीगंगाका निर्वाचन अधिकृत लक्ष्मण कठायतले बताउनुभयो ।

त्यस्तै नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी कुँवर चार हजार ७२७ मत पाएर विजयी हुनु भएको छ । उहाँकी प्रतिस्पर्धी काँग्रेसकी रिता शाहीले तीन हजार ७५५ मत पाउनु भएको छ ।

१० वटा वडा रहेको बूढीगंगामा एमालेले वडा वडानम्बर १, २, ३, ५, ६, ९ र १० गरेर सात वडा जितेको छ । भने वडानम्बर ४, ७ र ८ मा काँग्रेस उम्मेदवार विजयी भएका छन् ।

निर्वाचन आयोग नेपालले वैशाख ३० गतेको मतदान रद्ध गरेपछि बूढीगंगामा असार २३ मा दोस्रो पटक निर्वाचन भएको थियो ।

मेयर बाँनियाले काँग्रेसबाट मेयरका उम्मेदवार रहेका रंगबहादुर खातीले आफूलाई प्लस टु पढ्दा ०५४र५५ मा राजनीतिशास्त्र पढाएको सम्झनुभयो । उहाँले प्लस टु भानोदय उच्च माविमा पढ्नु भएको हो । मेरो उहाँप्रति श्रद्धा, सम्मान सँधै छ । नाताले पनि उहाँ मेरो साढु दाइ हो ।

तर उहाँले चुनाव जित्न गर्नु भएको हर्कतले म दुःखी छु मेयर बाँनियाले भन्नुभयो उहाँले जनतालाई दुई पटक मतदान गर्न लगाएर दुःख दिने् अवस्था सृजना गर्नुभयो ।

नगरप्रमुखमा निर्वाचित रामबहादुर बाँनियाले पहिलो वर्षमै परिणाम देखाउने गरी काम गर्ने बताउनु भएको छ । एमालेबाट उम्मेदवार बन्नु भएका बाँनिया प्रतिस्पर्धीलाई एक हजार ३ मतको मतान्तरले पराजीत गरेर नगर प्रमुख बन्नु भएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.