जन सरोकार

मृत अवस्थामा पाँच जना फेला

मृत अवस्थामा देशका विभिन्न स्थानबाट पाँच जना फेला परेका छन् । काठमाडौं, तारकेश्वर नगरपालिका-१ साङ्ला जगतबसपार्क नजिक सडक छेउ स्थित सुख्खा नालीमा सोही ठाउँ बस्ने स्याङ्जा विरूवा गाउँपालिका-६ घर भएका ४० वर्षीय कमल लम्साल बुधबार मृत अवस्थामा फेला परेका छन् ।

मृत अवस्थामा ४ जना फेला

त्यस्तै पाँचथर, याङवरक गाउँपालिका-६ मार्से गोलाई स्थित सडकको नालीमा सोही ठाउँ बस्ने ७२ वर्षीय भगिश्वर योङहाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस्तै कपिलवस्तु, शिवराज नगरपालिका-१ शिवपुरमा सोही ठाउँ बस्ने ३६ वर्षीय राम औतार थारू मंगलबार मृत अवस्थामा फेला परेका छन् ।

उता रौतहट, गरुडा नगरपालिका-५ महमदपुर बस्ने २० वर्षीय अनिल यादव सोही ठाउँ स्थित मनिहर नदीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता कास्की, पोखरा महानगरपालिका-३१ भाटाको मुल बस्ने ३२ वर्षीया बर्षा तिमिल्सिना सोही ठाउँ स्थित बेगनास तालको ड्याममा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.