खेलजापानविविध

टोकियो, चिबा, साइतामा र कानागावामा दर्शकलाई निषेध

निकट आउँदै गरेको टोकियो ओलम्पिकका मुख्य खेलस्थलहरुमा दर्शकलाई प्रवेश निषेधको घोषणा गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिमकाबीच सुरु हुने ओलम्पिकमा राजधानी टोकियो, चिबा, साइतामा र कानागावामा दर्शकलाई निषेध गरिएको हो ।

आयोजकले चार क्षेत्रमा दर्शकलाई निषेध गरे पनि मियागी, फुकुसिमा, सिजुओका र इबाराकीमा भने सीमित संख्यामा दर्शकलाई प्रवेश दिइनेछ । यसअघि होक्काइदोको साप्पोरो डोम रंगशालामा हुने फुटबल खेलका लागि सीमित संख्यामा दर्शक उपस्थित गराउने निर्णय गरिएको भए पनि अहिले प्रतिबन्ध लगाइएको छ ।

यसबीच विदेशी खेलाडीहरुको जापान आगमन तीब्र भैरहेका बेला कतिपय खेलाडीमा कोरोना संक्रमण भएको पुष्टि भएको छ । एचएचकेका अनुसार इजरायली प्रतिनिधिमण्डलका एक सदस्यको विमानस्थलमा गरिएको परीक्षणमा कोरोना भएको पाइएको हो ।

यसअघि पनि विदेशी खेलाडी तथा प्रतिनिधिमण्डलका सदस्यहरुमा कोरोना संक्रमण भएको पाइएको थियो । युगाण्डाका दुई, सर्बियाका एक खेलाडीमा बिहिबार संक्रमणको पुष्टि भएको थियो ।

ओलम्पिकमा लगभग ११ हजार खेलाडीका साथ करीब ४१ हजार प्रतिनिधिको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button