जन सरोकार

नेपालमा साढे दुई हजार वर्षअघि नै औषधि र शल्यक्रिया विज्ञानको विकास

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साढे दुई हजार वर्षअघि नै चिकित्साविज्ञान, औषधि तथा शल्यक्रिया विज्ञानको विकास गरिएको दावी गर्नुभएको छ । उहाँले भन्नुभयो नेपाल धर्तीकै ज्ञान प्रारम्भ भएको, चिकित्सा विज्ञान, शल्यक्रिया, औषधि विज्ञानको शुरुआत भएको मुलुक भएर पनि बीचमा त्यस्ता उपलब्धि हराउँदै गए ।

आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यतित ठूलो इतिहास भए पनि बीचमा त्यस्ता उपलब्धि हराउँदै गएको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले नेपालबाटै चिकित्सा विज्ञानको उत्पत्ति भएको तथ्य प्रस्तुत गर्दै भन्नुभयो “नेपाली धर्तीमै ती सबै विकास भएको चिकित्साशास्त्रको श्रुतिसंहिता र औषधि विज्ञानको ‘चरकसंहिता भएको तथा त्यसैका आधारमा आयुर्वेदको विकास भएको हो ।”

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले औषधि विज्ञानको प्रभावकारिता विश्वको कुनै पनि विश्वविद्यालयमा रहेको तर नेपालमा भने विश्वास हराउँदै गएकामा चिन्ता प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले त्यस अवस्थाबाट वीर अस्पतालको शुरुआत भएको र यसले नै स्वास्थ्य शिक्षाको शुरुआत गरेर अर्को ऐतिहासिक काम गरेकामा प्रशंसा गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.