राजनीति

माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने ठहर

निर्वाचन आयोगले माओवादीका केही पूर्व नेताहरुले माओवादी केन्द्र अवैध रहेको भन्दै खारेज गर्न दिएको निवेदनमा प्रश्न उठाउन नमिल्ने ठहर गरी नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ ।

आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानुनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय सुनाएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठ दिनुभएको जानकारी अनुसार आयोगको निर्णयमा ‘संवैधानिक र कानुनी शर्तहरु पूरा गरी यस आयोगमा दर्ता कायम रहेको देखिएकाले त्यस पार्टी माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाई आयोगमा अधिवक्ता सरोज बुढाथोकीले दिएको निवेदन उपर केही गरिरहनु परेन’ भनिएको छ ।

त्यस्तै निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) नामक दलको अध्यक्ष आफू भएको भन्दै भविश्वर पराजुलीले निवेदन दिएकामा आयोगले पराजुली अध्यक्ष भएको नेकपा माओवादी केन्द्र आयोगमा दर्ता भएको नदेखिएको भन्दै अरु पार्टीको लेटरप्याड प्रयोग गरी गलत विवरण उल्लेख गरेको बताएको छ ।

आयोगले यसरी अन्य दलको लेटरप्याड प्रयोग गरी गलत विवरण पेश गर्ने निवेदक भविश्वर पराजुलीलाई सचेत गराई आयोगमा अभिलेखीकरण गर्ने निर्णयमा भनि गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.