फोटो फिचर

सरकारको पक्षमा सडक प्रदर्शन (फोटो फिचर)

सरकारको विपक्षमा एमालेकै माधवकुमार नेपाल समूहसंगै विपक्षी दलहरु गठबन्धन गरेर लागेपछि यसको प्रतिकारमा सत्तारुढ नेकपा एमालेको युवा संगठनहरु विपक्षी गठबन्धनविरुद्ध सडकमा उत्रिएको छ ।

नेपाल खेलकुद महासंघ र युवा संघ नेपालको आह्वानमा आइतबार विपक्षी गठबन्धनविरुद्ध राजधानीमा प्रदर्शन गरेका छन् । रमेश पौडेल नेतृत्वको नेपाल खेलकुद महासंघले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला परिसरमा प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको तस्वीर अंकित पोस्टकार्ड बोकेका थिए, जसमा ‘खेलाडीहरु जाग्दैछन्, राष्ट्रघातीहरु भाग्दैछन्’, ‘खेलाडीहरुको आह्वान, तोकिएको मितिमा निर्वाचन’ जस्ता नारा लेखिएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button