खेलविविध

फाइनल खेल चलिरहँदा कभर्डहलमा आगलागी भएपछि…

आइतबार दिउँसो सिक्स ए साइड महिला तथा पुरुष हक्की प्रतियोगिताको फाइनल खेल चलिरहँदा पोखरास्थित कभर्डहलमा आगलागी भयो ।

पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्डहलभित्र आगलागी भएपछि फाइनल खेलएक घण्टा स्थगन भयो । क्षतिको विवरण आउन बाँकी छ ।

पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले कभर्डहलको उत्तर पूर्वको भागमा आज साँझ ४ बजेको समयमा विद्युत् सर्ट भएर आगलागी भएको बताउनुभयो ।

प्रहरी र बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएपछि रोकिएको खेलपछि पुनः सञ्चालनमा ल्याइएको हो । समयमै नियन्त्रणमा लिइएका कारण आगलागीबाट ठूलो क्षति हुन भने पाएको छैन ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.