जल/वातावरण

कोरोना संक्रमितको संख्या घट्दै : काठमाडौंमा पाँचजनासहित देशभर ८२ जना थपिए

अघिल्लो हप्तासम्म दैनिक ४०० भन्दा बढी कोरोना संक्रमित भेटिने गरेकोमा केही दिनयता सो संख्यामा ह्वात्तै गिरावट आएको छ । पछिल्लो २४ घण्टामा जम्मा ८२ जनामा कोरोना संक्रमण देखिएको छ भने योसंगै हालसम्म १६ हजार ८०१ जना संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार गरेको पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यस अवधिमा काठमाडौंमा ५ र ललितपुरमा थप एकजना संक्रमित भेटिएका छन् ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दिएको जानकारी अनुसार सोही अवधिमा १४७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । अहिलेसम्म नेपालमा ८ हजार ५८९ निको भइसकेका छन् । यो कूल संक्रमितको आधारमा ५१.१ प्रतिशत निको भएको प्रवक्ता गौतमले बताए । उनका अनुसार गएको २४ घन्टामा ३ हजार ९१६ पीसीआर परीक्षण भएका छन् ।

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.