जापान

टोकियोमा लगातार संक्रमितको संख्या बढ्दै, सरकारद्वारा तथ्यांक उपलब्ध गराउन आग्रह

राजधानी टोकियोमा लगातार कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । चारदिनयता २ सयभन्दा बढीका दरले संक्रमित थपिएका र आइतबार २ सय ६ जनामा संक्रमण भएको पुष्टि भएको छ ।

राजधानी टोकियोमा आइतबारसम्म संक्रमितको संख्या ७ हजार ९ सय २७ पुगेको छ । यसबीचमा जापानको कोरोना भाइरस नियन्त्रणसंग सम्बन्धित एक मन्त्रीले भाइरस बिरुद्धको उपायलाई थप प्रभावकारी बनाउन कम्पनी तथा विश्वविद्यालयहरुलाई आफ्नो तथ्यांक उपलब्ध गर्ने बताएका छन् ।

आइतबार मन्त्री यासुतोशी निशिमुराले एनएचएको एक कार्यक्रममा भन्नुभयो “राकुतेन तथा सफ्ट बैंकका साथसाथै देशभरका विश्वविद्यालय र स्वास्थ्य क्षेत्रहरुमा एण्टीबडी परीक्षण भैरहेको र संक्रमणको पहिलो चरणकोभन्दा राम्रो कार्यका लागि तथ्यांकहरु एकमुष्ट रुपमा संकलन गर्न आवश्यक रहेको छ ।”

मन्त्री यासुतोशीले एनएचएको एक कार्यक्रममा अदृश्य स्रोतबाट आउने संक्रमणको संख्या बढ्नसक्ने तथ्यलाई ध्यानमा राखी सरकार अरु सचेत हुनु आवश्यक रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.