राजनीति

कार्यदलले सहमति जुटाउन नसकेपछि एमाले बैठक भोलि

सत्तारुढ नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि नेकपा एमलोको केन्द्रिय कमिटीे बैठक बोलाउनुभएको छ ।

अध्यक्ष ओलीले मंगलबार ११ बजेका लागि बैठक बोलाउनु भएको नेकपा एमाले केन्द्रिय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनुभयो ।

यसअघि एमाले विवाद समाधानका लागि कार्यदलको बैठक सिंहदरबारमा जारी रहेकै बेला प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बालुवाटारमा स्थायी कमिटी बैठक बस्न लागिएको थियो ।

एमाले स्थायी कमिटी बैठकले कार्यदलले तयार पारेको सहमतिको दस्तावेज सार्वजनिक गर्ने बताइए पनि बैठक स्थगित भएपछि बैठक पनि स्थगित गरिएको हो ।

नेकपा एमाले कार्यदलका नेताहरुले पार्टी एकताको सम्बन्धमा बहस सार्थक हुदै गएको र आजै सुखद समाचार सुन्न पाइने बताउँदै आएका थिए ।

एमाले पार्टी एकता सम्बन्धीको दस्तावेजमा आज प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचमा संयुक्त हस्ताक्षर गरी स्थायी कमिटीको बैठकले पार्टी एकताको घोषणा गर्ने बताइएको थियो ।

तर, आज बिहान सिंहदरबारमा एमाले कार्यदलका नेपाल पक्षका नेताहरु नेपाल निवास जानुभएको र सहमतिको दस्तावेजमा नेपाल सन्तुष्ट हुन सक्नुभएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.