एन आर एन न्युजजापान

एनआरएनए जापान उपाध्यक्ष पदमा महेश कटवालको उम्मेदवारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको उपाध्यक्ष पदमा ओशाकाबाट महेश कटवालले उम्मेदवारी घोषणा गरेका छन् ।

सामाजिक संजाल तथा विभिन्न मिडिया मार्फत कटवालले आगामी नयाँ कार्यकाल २०२१-२३ का लागि उपाध्यक्षमा दावेदारी प्रस्तुत गरेका हुन् । करिव डेढ दशकको जापान अनुभव बोकेका कटवाल रेष्टुरेन्ट तथा अन्य व्यवसायमा संलग्न छन् ।

विद्यार्थी भिषामा जापान आएका कटवालले एनआरएनएमा बसेर आफ्नो जापान बसाईको अनुभवका आधारमा समुदायका लागि सामाजिक कार्यमा सहयोग पुर्याउने दावी गरेका छन् ।

वर्तमान कार्यसमितिका सदस्य समेत रहेका कटवालले संस्थामा पारदर्शिता, ईमान्दारिता र विश्वासनियता भन्ने नारा बेकेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.