जन सरोकार

चीनबाट अनुदानमा थप खोप आइरहने

चीनले नेपाललाई खरीद गरिएको बाहेक अनुदानमा पनि थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ । सोमबार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको स्मरण गर्दै नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताउनुभएको हो ।

स्मरणीय रहोस् चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा नेपालले एक लाख मास्क सहयोग गरेको थियो ।

चीनमा संक्रमण घट्दै गएर खोपको विकास गरेपछि चीनले नेपाललाई अहिलेसम्म १८ लाख अनुदान सहयोग गरिसकेको छ भने ४० लाख चीन–नेपाल खोप सहकार्यअन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा राजदूत यान्छी नेपाल आइसकेको र चीनबाट आउनेका लागि सहमति भएको गरी ५८ लाख खोप आउने जानकारी दिनुभयो । त्यस क्रममा उहाँले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो लटको खोप नेपाल आइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

सम्बन्धित खबर

Back to top button