राजनीति

ओली र सीपीसी नेता जियानचओबीच भेटवार्ता

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओबीच भेटवार्ता भएको छ ।

भेटघाटका लागि जियानचाओ नेतृत्वको प्रतिनिधिमण्डल बालकोटस्थित ओली निवास पुगेको थियो । भेटमा दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएको छ ।

नेपालको चार दिने भ्रमणका लागि जियानचाओ आइतबार काठमाडौं आउनुभएको थियो । काठमाडौं आएकै दिन उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्नुभएको थियो भने सोमबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गर्नुभएको थियो ।

विभाग प्रमुख लिउ जियानचाओको प्रतिनिधिमण्डल राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटघाट गरी बुधबार स्वदेश फर्किने कार्यक्रम छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.